हेटौँडा । मकवानपुरमा रहेका मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण भएको छ । मिङ्मा फाउणडेशन बासवारी काठमाण्डौको सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा मकवानपुर जिल्ला भित्र रहेका मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री सहयोग भएको हो ।

कोरोना संक्रमणको कारण ति अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री अभाव भएको समयमा भएको सहयोगले उनीहरुलाई निकै सहज भएको छ । मिङ्मा फाउडेशनले मकवानपुर जिल्ला भित्र रहेका २६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यवश्यक स्वास्थ्य सामाग्रीहरु माक्स, सेनिटाईजर, सेनिटरी प्याड,सावुन, डाईपर, सिआईसि पाईप, युरिन ब्याग लगायतका अत्यवश्यक सामाग्रीहरु वितरण वितरण गरेको हो ।

उक्त राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सदस्य संस्थाहरुको समन्वयमा घर(घरमा लगि सामाग्रि वितरण गरेका हुन् । फाउण्डेशनले विगत केहि वर्ष देखि शिक्षा, स्वास्थ्य , महिला शसक्तिकरण तथा अन्य सामाजिक कार्यमा काम गर्दै आईरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।