संघीय समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य भएकी सरिता गिरीको सांसद पद गुमेको छ ।

पार्टीको ह्वीप र निर्देशन नमानेको भन्दै संघीय समाजवादी पार्टीले उनलाई संसद पदबाट हटाउने निर्णय भएको जानकारी गराएको भन्दै संघीय संसद सचिवालयले गिरीलाई पदमुक्त गरेको जानकारी दिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार विज्ञप्ति निकालेर सरिता गिरीको सांसदबाट पदमुक्त भएकी जानकारी दिएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।