file photo

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाली र नेपालको राष्ट्रियताका विषयमा भ्रम फैलाउने भारतीय मिडियाबारे राजनीतिक र कानूनी उपचार खोज्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले राष्ट्र, राष्ट्रियता सार्वभौमिकता र नेपालीको स्वाभिमानमा आँच पुर्‍याउने खालका समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने बताएका हुन्।

‘हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं। यसमा छिमेकी मुलुकका मिडिया पनि पर्छन्। हामीले राजनीतिक र कानूनी दुई वटै उपचार खोज्नु पर्ने हुन्छ,’ खतिवडाले भने।

भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।