हेटौँडा । मकवानपुरका व्यवसायीले भोली शुक्रबार हेटौँडामा प्रदर्शन गर्ने भएका छन् । लकडाउनको कारण समस्यामा रहेका व्यवसायीलाई बैंक तथा वित्तिय सस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दिनदिनै दबाब दिन थालेपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भोली हेटौँडाको बुद्ध चोकमा प्रदर्शन हुने भएको हो ।

आज मकवानपुर उद्योग वाणिज्य संघमा भएको सर्वपक्षिय छलफलले सो निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
भोली दिउँस ३ बजे प्रदर्शन गर्ने निर्णय भएको छ, मउवासंघका अध्यक्ष कृष्ण कटुवालले भने, यो हाम्रो रहर नभएर वाध्यता हो । व्यवसायीहरुले निकै संकटको अवस्था झेलिरहेको समयमा बैंक तथा वित्तिय सस्थाले दिने गरेको दवावको कारण व्यवसायीहरु निकै ठुलो मानसिक तनावमा परेको समेत उनले बताए ।

प्रदर्शनको लागि कटुवालको अध्यक्षतामा उद्योग संघ मकवानपुरका स्वागतराज प्याकुरेल, होटल व्यवसायी संघ मकवानपुरका शंकरलाल श्रेष्ठ, निर्माण व्यवसायी संघका सागर भट्टराई, प्याव्सन मकवानपुरका विनोद सुुवेदी, एनप्याव्सन मकवानपुरका नारायण राजथला, पुरानो नारायणी यातायात व्यवसायी कम्पनिका सरोज खनाल, नारायणी यातायात कम्पनि प्रालिका माधव अधिकारी, सार्वजनिक यातायातका ज्ञानेन्द्र कार्की सम्मिलित संघर्ष समिति समेत गठन गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।