file photo

हेटौँडा । मकवानपुरको १० वटै स्थानीय तह बाढी पहिरोको जोखिममा रहेका छन् । प्रत्येक वर्ष आउने बाढी पहिरोको कारण मकवानपुरमा दर्जनौ मानविय क्षति हुनुको साथै सयौ बिगहा खेतियोग्य जमिन कटान हुने, मानिसहरुको घरगोठमा क्षति पुग्ने गरेको छ ।

पुर्वी मकवानपुरको बागमती तथा बकैया गाउँपालिका बाढीको उच्च जोखिममा रहेको गाउँपालिका हुन भने पश्चिम मकवानपुरको मनहरी र राक्सीराङ बाढीको उच्च जोखिममा रहेको क्षेत्र हुन् । यि गाउँपालिकाको अधिकांश वडाहरु बाढीको चपेटामा पर्ने गरेका छन् ।  यता हेटौँडा उपमहानगरपालिका क्षेत्रको केहि वडा हरु डुबानको समस्यामा छन भने केहि वडाहरु बाढीको चपेटमा रहेका छन् तर यहा पहिरोको भने धेरै जोखिम छैन् ।

मकवानपुरगढीमा पर्ने साबिकको आमभञ्याङ, सुकौरा क्षेत्र बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो भने बुढीचौर र गढीको केहि भाग पहिरोको उच्च जोखिममा रहेको छ ।  त्यसैगरि इन्द्रसरोबर, भीमफेदी गाउँपालिकाको केहि वडाहरु बढी र अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । त्यसैगरि कैलाश गाउँपालिकाको केहि वडा बाढीको चपेटामा आउने भएपनि त्यहा पनि पहिरोको जोखिम उच्च रहेको पाईन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको विभिन्न वडाहरु बाढी तथा पहिरोको जोखिममा रहेको पाईएको छ ।

मकवानपुरमा चालु आर्थिक वर्षको हालसम्म बाढी पहिरोको कारण हालसम्म १३ जनाको ज्यान गैसकेको तथ्याङ्क रहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यो वर्ष हुने संभावित क्षति न्यूनिकरणको लागि आफुहरुले विभिन्न कार्यहरु सञ्चलन गरेको जनाएको छ । कार्यलयले बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गरेर ति क्षेत्रहरुमा अर्लट गर्ने, घटना भैहाले उद्धार तथा राहतको क्षेत्रमा गर्नुपर्ने तयारीहरु करिब पुरा भएको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।