हेटौँडा । लकडाउनको कारण बन्द रहेको सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।
बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै डाक्टर खतिवडाले अहिलेको निर्णय भने काठमाण्डौँको हकमा उपत्यका र अन्य जिल्लाको हकमा सो जिल्लामा मात्र लागु हुने बताए । सार्वजनिक यातायातको हमा सुरक्षालाई महत्वको साथमा लिनुपर्ने समेत उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।