supermarket-1594205939.jpg

हेटौँडा ।  बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको हेटौंडामा नेपालको चर्चित भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । सुपरमार्केटको आज बिहान शिलान्यास गरिएको हो । हेटौँडा २ मा खुल्ने सुपरमार्केट अत्याधुनिक सुविधा सहित ८ तत्लाको हुने जनाईएको छ ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बुधबार बिहान भवनको सिलान्यास गरेका छन् । नेपालमा निकै चर्तित रहेको सुपरमार्केट आगामी बैशाखसम्म सञ्चालमा आईसक्ने उदेश्यले निर्मँण गरिने भाटभनेटी सुपरमार्केटका चिफ इन्जिनियर सूवर्ण डंगोलले जानकारी दिए छ ।

भाटभटेनीले २ तल्लाको अण्डरग्राउण्ड पार्किङसहित ८ तल्लो भवन निर्माण गर्नेछ । चौथो र पाँचौ तल्लामा दुईवटा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउनेछ । आठ कठ्ठा १२ धुर जमिनमा खरिद गरेर भवन निर्माण थालेको भाटभटेनी सुपरमार्केटका डंगोलले जानकारी दिए । हेटौँडामा निर्माण हुने सुपरमार्केट उनीहरुको २० औँ शाखा समेत हो । यो समुहले काठमाडौं उपत्यकाभित्र ११ वटा सुपरमार्केट सञ्चालनमा ल्याएको छ भने देशको अन्य सात सहरमा समेत सेवा विस्तार गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।