हेटौंडा । हेटौंडाका द्वन्द पीडित परिवारका लागि आयआर्जन र औषधि उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । हेटौंडाका नौ जना द्वन्व पीडित परिवारका लागि ३० हजार रुपैयाँका दरले उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रकम हस्तान्तरण गर्नुभयो ।

द्वन्दमा आफन्त गुमाएका परिवारलाई आयआर्जन गर्न सहज होस र औषधि उपचारमा थप सहयोग पुगोस भन्ने उदेस्यले रकम वितरण गरिएको मेयर महतले वताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले यो रकमले द्वन्द पीडित परिवारका लागि सहयोग पुगेको वताउनुभयो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत प्राप्त रकमलाई वितरण गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।