file photo

बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ६ सयले बढेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार भने सुन तोलामा ९० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा बुधबार सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाले बढेर ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।