सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।  उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले आज बिहान १०: ३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।  उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा आफैले बेहोरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।