इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एसी मिलानसँग ४-२ गोल अन्तरले पराजित भएको हो । एसी मिलानको जितमा जलाटन इब्राहिमिमोविच, फ्रान्क केसी, राफेल लाओ र एन्टे रेबिकले एक एक गोल गरे भने युभेन्टसका लागि आड्रेन रबिओट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना गोल सम्पन्न भएको खेलमा ६ गोल दोस्रो हाफमा भएका थिए । युभेन्टसले खेलको ४७औ र ५३औ मिनेटमा गोल गरेर २-० को अग्रता लिएपनि मिलानले शानदार कमब्याक गर्दै खेलको ६२औ, ६६औ, ६७औ र ८०औ मिनेटमा गोल गरेर युभेन्टसमाथि शानदार जित हासिल गरेको थियो ।

यो जितपछि मिलानको ३१ खेलमा ४९ अंक भएको छ र लिगको पाँचौ स्थानमा रहेको छ । त्यस्तै युभेन्टस भने ३१ खेलपछि ७५ अंकका साथ शिर्ष स्थानमा रहेको छ । यो हार पछि पनि युभेन्टसको दोस्रो स्थानमा रहेको लाजियो भन्दा ७ अंकले अगाडी रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।