मानबी बानीयाँ,हेटौंडा । चैत्र पहिलो साताबाट बन्द भएका विद्यालय अझै खुलेका छैनन् । कोरोना भाइरसको डर र लकडाउनले बालबालिका घरभित्रै थुनिएका छन् । बालबालिकाको पहुँचमा शिक्षा पु¥याउन संघिय सरकार वैकल्पिक शिक्षाका योजना ल्यायपनि त्यसको प्रभाव मकवानपुरका अधिकांश सामुदायिक विद्यालयमा भएको छैन् । स्थानिय तहले अपनत्व नलिदा विद्यालयले वैकल्पिक पढाई सुरु गरेका छैनन् । यसबाट बालबालिकाले सिकेका कुरा समेत बिर्सिना थालेका छन् भने कतिपयमा मानसिक असर समेत देखिन थालेको छ । विद्यालयले नतिजा निकालेको छ, भर्ना प्रक्रिया समेत सुरु गरेको छ तर पढाई सुरु गरेको छ्रैन् जसले गर्दा मकवानपुरका सामुदायिक विद्यालयका अधिकांश बालबालिका खेलेरै दिन बिताउने गरेका छन् ।

हेटौंडा —४ कमलडाँडा स्थित ज्ञानदा माध्यामीक विद्यालय सातमा अध्ययानर मनिश गौतम खेलेरै आफ्नो दिन कटाउने गरेको प्रतिक्रीया दिन्छन् । विद्यालय बिदा भएदेखि आफु साथिसंग समय व्यतित गर्ने त कहिले मोबाईलमा फ्रि फायर गेम खेल्ने गरेको गौतम बताँउछन् । विद्यालयबाट उनलाई पढुनुपर्ने खालका कुनै पनि जानकारी नआएको समेत बताँउछन् ।

त्यस्तै यता चौकिटोल १ सिदार्थ माध्यामिक विद्यालय कक्षा ८ मा अध्यनरत मनिशा कार्की भन्छिन्, अस्ति स्कुलले होमवोर्क दिई टोपलेको थियो तर हाल पढ्नुपर्छ भन्ने खालका कुनैपनि कार्य विद्यालयले गरेको छैन् । घरमानै टिभिमा सिरियल हेरी, साथिहरुसंग खेदि आफ्नो दैनिकि चलिरहेको थापाको भनाई छ ।

यता, चौकिटोलकै मन्दिर नजिक खेलिरहेकी अवस्थमा भेट भएकी कक्षा तीनमा अध्ययनरत सुविज्ञा ढकालको पनि उस्तै कथा रहेको छ । साथिभाईसंग दिनभरी खेल्नेनै उनको दिनचर्या हुने गरेको बताँउछिन् ।

लामो समयसम्म विद्यालय जान र पढ्न नपाँउदा बालबालिकाले पढेका कुरा बिर्सेका छन् । घरभित्र थुनिएर बस्नुपर्दा अतालिएका छन् । अभिभावकको प्रत्यक्ष रेखदेख नहुने बालबालिकामा मानसिक समस्या हुने र दुव्र्यसनिमा फस्ने समस्या समेत देखिएको छ । अभिभावक संघका अध्यक्ष धुव्रप्रसाद् चौलागाई भन्छन्, अहिले बालबालिकाहरु फुर्सदिला भए यसकै कारणले पनि उनिहरु नराम्रोबाटोमा हिड्छन्की भन्ने डर छ । हामीले स्थानिय निकाय संग समन्वय गरेरनै अघि बढ्नुपर्छ, यस विषयमा उहाँहरुले पनि गम्भीर भएर सोच्नुपर्छ चौलागाईले प्रतिक्रीया दिए । बालबालिकाले पढ्ननै विर्सीसकेको अवस्था आएको उनले भने । राज्यले अनलाइन शिक्षा प्रणाली त शुरु ग¥र्यो तर प्रभावकारि भने बन्न नसकेको चौलागाईको गुनासो रहेको छ । विशेष गरि विद्यालयका शिक्षकहरुले पनि त्यति ध्यान विद्यार्थीहरुलाई नदेको आरोप लागँउछन् । गृहकार्य दिने जस्ता खालका कार्य निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयका शिक्षकहरुले वास्ता नगरेको उनले गुनासो गरे । अभिभावक यस विषयमै चिनित रहेको समेत उनले जानकारी गराए ।

त्यस्तै हेटौंडा १की एक निजि विद्यालयका अभिभावक केशा नेपाल बताँउछिन् अनलाई शिक्षा प्रणाली त सुरु ग¥र्यो तर बालबालिकाहरुको लागि प्रभावकारी हुननसकेको गुनासो गछिन् । उनका छोरा प्रतिक नेपाल कक्षा तीनमा अध्ययनरत छन् अनलाईन पढ्ने पनि गरेका छन् तर विधुतकै आउनेजाने भएकै कारणले पनि प्र्रतिकले दैनिकि पढ्न नपाएको उनको गुनासो छ । यस्तै तालले पछिको समयमा आफ्नो बालबालिकाले स्कुल जान नमान्ने खालका समस्या आउने चिन्तामा उनि छिन् ।

संस्थागत विद्यालयका अभिभावक संघका अध्यक्ष रमिला सापकोटा भन्छिन् लकडाउनको कारणले बालबालिका दुव्र्यसनि कुलत जस्ता चिजहरुमा फस्ने खालको खतरनाक रहेको छ । विद्यार्थीहरुले अहिलेको अवस्थामा मैले पढ्नुपर्छ भन्ने कुराको जानकारी राख्न समेत भुलिसकेको गुनासो गर्छिन् । अभिभवाकको लागि अहिलेको यो विषय चिन्ताजनक विषय रहेको उनको भनाई छ । सापकोटाले देखे अनुसार, बालबालिकाहरु माबाईलमा पब्जी खेल्ने लतनै लागेको बताँउछिन् । उनि भन्छिन् यो बेला पुर्णत अभिभावकले समय नदिने हो भने, बालबालिका पक्कैपनि नराम्रो कुलतमा फस्न बेर लाँउदैनन् । बालबािलकाकै विषयलाई लिएर आफुहरुले स्थानिय तहसंग सर —सल्लाहा गरेर अघि बढ्ने समेत उनले बताईन् ।

कक्षा १२ सम्मको शिक्षाको जिम्मा स्थानिय तहमा छ । कोरोना भाइरसकोे थाम र नियन्त्रणका लागि विद्यालयनै क्वारिनटिन बनाएका स्थानिय तह महामारिका बेला बालबालिका शिक्षामा कसरी जोड्नेमा भन्नेमा भने संवेदनशिल छैनन् । संघिय सरकारले असार १ गतेदेखि रेडियो टेलिभिजनबाट सामुदायिक विद्यालयमा विद्यार्थीको पढाई सुरु गरेको छ । त्यसको प्रभाव मकवानपुरमा देखिदैन्, हेटौंडामा ७० प्रतिशतले यसको पहुँचमा रहेता पनि अन्य गाँउपालिकाको भने २० प्रतिशतमात्रै यो प्रणालिमा सहभागी हुन सकेको शिक्षा समन्वय एकाई मकवानपुरले जनाएको छ ।

एकाईका प्रमुख लिलामणी गौतम भन्छन्, अनलाइन शिक्षा प्रणालिमा पहुँच भएका विद्यार्थी सहभागि हुन नचाहेको अवस्था छ । पढ्ने वातावरणनै हराईसकेको कारणले यस्तो खालका समस्या देखा परेको उनले बताए । यसमा विशेष गरि सामुदायिक विद्यालयका विद्याथीएहरु रहेको उनले बताए । बालबालिकाले पढेका विर्सन अवस्था आएको बताँउदै गौतमले यो विषय चिन्ताजनक रहेको प्रतिक्रीया दिन्छन् । अहिले सिधै पढाईमा लैजानेभन्दा पनि बालबालिकालाई रिफ्रेस बनाउने र बच्चालाई मानसिकरुपमानै पढाईको लागि तयार गर्ने, मनोसामाजिक परार्मश दिने, वैकल्पिक प्रविधिको प्रयोग गर्ने खालका कार्य तत्काल गर्न जरुरी रहेको गौतमको भनाई छ । स्थानित तहले समेत यस विषयमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।