File photo

२४ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २९ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।