२४ असार । रोजगारीको लागि दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमको कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिय पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागीहरुले बताएका छन् ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड लिएर कोरिया जान पाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।