हेटौँडा । नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी “छिन्तु”ले पार्टी फुटलाई सहयोग मिल्ने गतिविधि नगर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । उनले नेकपाकै कार्यकर्ताहरु विनाकरण सडकमा गएको बताए ।

आज हेटौँडामा दवाव अभियानले दिएको ज्ञापनपत्र बुझेपछि प्रतिक्रिया दिँदै छिन्तुले पार्टीभन्दा कोहीपनि माथि नरहेको बताएका छन् । उनले भने “हिजैपनि हामीले सडकतिर एउटा नारा टासिएको देखेका थियौ, सबैभन्दा राष्ट्रमाथि नारा देखियो, यस्तो गतिविधि पञ्चयातकालमा हन्थ्यो, भोली पार्टीभन्दा राजतन्त्र, गणतन्त्र माथि भन्दै आउँला, त्यसकारण यस्ता गतिविधि नगरौ ।”

हाम्रै सानो गल्तीले पार्टीको एकतामा गम्भिर असर पर्ने भन्दै उनले आम कार्यकर्तालाई यस्ता क्रियाकलाप नगर्न आग्रह गरेका हुन् । हामीले गर्ने गतिविधि पार्टी एकतालाई थप मजबुत गर्न प्रेरणा दिने खालको हुनुपर्ने उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।