असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप संविधानको अंग बनाउन गरिएको संविधान संशोधनमा गिरिले पार्टी ह्वीप उल्लंघन गरेकामा कार्वाहीको लागि सिफरिश गरिएको हो ।

जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो ।

यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।