हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ३ का एकजना युवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
श्रीमतीको उपचारको लागि ललितपुरको पाटन गएका ३१ वर्षका युवामा कोरोना भाइरस पुष्टि भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनको क्रममा मकवानपुरको पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको थियो । ति पाँचजना मध्ये एकजना भीमफेदीका युवा रहेको चौँलागाईको भनाई रहेको छ । अन्य चार जनाको भने ठेगना पत्ता लगेको छैन् । सोमबारनै मकवानपुरको थाहा नगरपालिकाको २ जनामा समेत कोरोना पुष्टि भएको थियो । युएईबाट आएका उनीहरु श्रीमान, श्रीमती रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।