file photo

काठमाडौं। लियोनल मेसीले आफ्नो फुटबल करिअर बार्सिलोनाबाट अन्त्य गर्ने क्लबका अध्यक्षले बताएका छन्।  बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अर्जेन्टिनाका फरवार्ड मेसीले क्लबसँगको सम्झैता नविकरण गर्ने इच्छा नदेखाएको भन्ने समाचारको खण्डन गरेका हुन्। ३३ वर्षे मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ मा सकिदैछ।

‘‘हामीले धेरै खेलाडीसँग छलफल गरिरहेका छौं। तर, मेसीले आफू क्लबमै बस्ने बताइसकेका छन्,’’ स्पेनिस नेटवर्क मुभिस्टारसँग बार्टोमेउले भनेका छन्, ‘‘त्यसैले हामी उनी लामो समयसम्म क्लबमा रहन्छन् भन्नेमा विश्वस्त छौं।’’

भिल्लारियालमाथि ४-१ को नतिजा निकोलेपछि बार्सिलोनाले उपाधि जित्ने झिनो आशा कायम राखेका छन्। बार्सिलोना ला लिगाको शीर्ष क्लब रियाल मड्रिडभन्दा चार अंकले पछाडी छ। लिगमा अब चार खेल मात्र बाँकी छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।