हेटौंडा, २३ असार÷ मकवानपुरगढी गाउँपालिकाका युवा गाउँमै समृद्धी ल्याउने भन्दै जागेका छन् । युवाहरु उर्वर समाज मकवानपुरगढी गठन गरी अभियानमा लागेका छन् ।

‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने सोचका साथ मकवानपुरगढी–५ भागरथीका युवाहरु संगठित भएका हुन् । अभियान अन्तर्गत् उर्वर समाजमा आवद्ध युवाहरुले मंगलबार भागरथी टोल सरसफाई गर्नुका साथै मन्दिरमा रंग लगाएका छन् । कोरोना महामारीले बेरोजगार बढेको भन्दै उत्पादन क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले युवाहरु संगठित भएको उर्वर समाजका अध्यक्ष सचितानन्द बञ्जाराले बताए ।

बञ्जाराको नेतृत्वमा गठित समाजको उपाध्यक्षमा विवेक चौलागाईं, सचिवमा उज्वल अधिकारी, सहसचिवमा सुनिल आचार्य, कोषाध्यक्षमा सन्तोष न्यौपाने (ज्याक) तथा सदस्यहरुमा उपार्जन पराजुली, सुरज घिमिरे, सन्तोष अधिकारी, शिव तिमल्सिना, तीतस मल्ल ठकुरी र अभिषेकराज न्यौपाने चयन भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।