रेचल नुवर/ एजेन्सी
यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि कहर बर्साउने यो पहिलो भाइरस भने होइन । भाइरसले कयौँ पटक मानवतामा भयंकर चोट पुर्याएको छ । सन् १९१८ मा कहर बर्साएको इन्फ्लुएन्जा भाइरसले पाँचदेखि १० करोड मानिसको ज्यान लिएको थियो । त्यस्तै २० औँ शताब्दीमा चेचकको भाइरसले २० करोडभन्दा बढीको ज्यान लिएको थियो ।
यी उदाहरणबाट लाग्छ कि हाम्रो लागि भाइरस निकै ठूलो खतरा हो । र, यसले विश्वलाई नै समाप्त पार्न सक्छ । लाग्ला हामीसँग यस्तो जादुयी छडी हुन्थ्यो भने हामी विश्वबाट भाइरसको सफाया गर्न सक्थ्यौँ । तर, भाइरसलाई विश्वबाट लोप पार्ने उद्देश्य राख्नुअघि सावधान हुनुहोला किनभने यस्तो भयो भने हामी पनि बच्ने छैनौँ । भाइरस बिना मानिसमात्र नभएर विश्वमा जीवनको अस्तित्व नै सम्भव छैन ।

अमेरिकाको विस्कन्सिन मेडिसन युनिभर्सिटीका महामारी विशेषज्ञ टोनी गोल्डबर्ग भन्छन्, ‘यदी अचानक विश्वबाट भाइरस खत्तम भयो भने विश्वमा रहेका जीवलाई मर्नलाई मात्र एक या दुई दिनको समय लाग्नेछ । भाइरस यो धरतीमा जीवन चलाउने धुरी हो । त्यही भएर हामीले यसको दुष्कर्मलाई नजरअन्दाज गर्नै पर्छ ।’

विश्वमा कति प्रकारका भाइरस छन् भनेर अहिलेसम्म पत्ता लागेको छैन । तर, यति पत्ता लगेको छ कि धेरै भाइरसले मानिसमा रोग फैलाउँदैन । हजारौँ भाइरस यस्ता छन् जसले विश्वको इकोसिस्टमलाई चलाउन महत्त्वपूर्ण भूमिका खेल्छ । मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटीकी भाइरस विशेषज्ञ सुसाना लोपेज शेरेटन भन्छिन्, ‘यो पृथ्वीमा भाइरस र बाँकी जीव पुरै सन्तुलित वातावरणमा बाँच्दछन् । भाइरस बिना हामी बाँच्नै सक्दैनौँ ।’

धेरै मानिसहरुलाई पृथ्वीमा जीवन चलाउन भाइरस कति महत्त्पूर्ण छ भनेर थाहा नै छैन । किनभने हामी केवल रोग फैलाउने भाइरसको बारेमा मात्र रिसर्च गर्दछौँ । तर, अहिले केही साहसी वैज्ञानिहरुले भाइरसको अनजान दुनियाँतर्फ आफ्नो कदम बढाएका छन् ।

हालसम्म केही हजार भाइरसको बारेमा मात्र मानिसलाई थाहा छ जबकि विश्वमा करोडौँको संख्यामा भाइरस उपलब्ध छन् । तिनीहरुको बारेमा हामी अझै अनजान छौँ । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीकी मेरलिन रुसिंक भन्छिन्, ‘विज्ञान केवल रोगाणुको अध्ययन गर्छ । यो दुःखको कुरा हो, तर सत्य यही हो ।’

हामीलाई धेरै भाइरसको बारेमा जानकारी नै छैन । त्यसैले कति भाइरस हाम्रो लागि हानिकारक छ भनेर हामीलाई थाहा नै छैन । ब्रिटिस कोलम्बिया युनिभर्सिटीका वैज्ञानिक कर्टिस सटल भन्छन्, ‘यदि भाइरसको प्राजातिको कूल संख्याको हिसाबबाट हेर्ने हो भने मानिसका लागि खतरनाक भाइरसको संख्या शुन्य प्रतिशतको आसपास देखिनेछ ।’

इकोसिस्टमको धुरी भाइरस

हाम्रो लागि भाइरस सबैभन्दा महत्त्वपूर्ण छ जसले ब्याक्टेरियालाई संक्रमित गर्छ । यसलाई फंगस भनिन्छ । टोनी गोल्डबर्गका अनुसार समुद्रमा ब्याक्टेरियाको संख्यालाई नियन्त्रण गर्न फंगसको विषाणुहरुको अहम भूमिका हुन्छ । यदी यो भाइरस खत्तम भयो भने समुद्रमा अचानक सन्तुलन बिग्रनेछ ।

समुद्रका ९० प्रतिशत जीव, माइक्रोब अर्थात् साना एक कोशिका भएका जीव छन् । यिनीहरुले पृथ्वीको आधा अक्सिजन निर्माण गर्छन् । यो काम भाइरसको बिना हुनसक्दैन । समुद्रमा पाइने भाइरसले त्यहाँको ब्याक्टेरिया र २० प्रतिशत माइक्रोब्सलाई हरेक दिन नष्ट गर्छ । यसले समुद्रमा रहेका कयौँ वनस्पतिलाई खुराक मिल्छ । त्यसको मद्दतले फाटोसिन्थेसिस गरेर अक्सिजन बनाउँछन् । यही अक्सिजनको मद्दतले पृथ्वीमा जीवन चल्छ । यदी भाइरस नहुने हो भने समुद्रमा अक्सिजन निर्माण हुन सक्दैन । र, पृथ्वीमा जीवन चल्न सक्दैन ।

कर्टिस सटल भन्छन्, ‘यदी मृत्यु भएन भने जीवन सम्भावना छैन । किनभने जीवन पृथ्वीमा रहेको तत्त्वको रिसाइक्लिङमा निर्भर हुन्छ । यो काम भाइरसले गर्दछ ।’

विश्वमा जीवहरुको संख्या नियन्त्रण गर्नका लागि पनि भाइरस आवश्यक छ । जब कुनै पनि जीवको जनसंख्या बढ्छ, भाइरसले त्यसलाई आक्रमण गरेर आबादीलाई नियन्त्रण गर्छ । यसरी नै महामारीबाट मानिसको जनसंख्या नियन्त्रण हुन्छ । भाइरस नहुने हो भने पृथ्वीमा जीवको जनसंख्या आउट अफ कन्ट्रोल हुनेछ । एउटै प्रजातिको बोलबाला रहनेछ र विविधता समाप्त हुनेछ ।

केही जीवको अस्तित्व नै भाइरसमा निर्भर हुन्छ, जस्तै गाई । भाइरसले यी जीवको घासको सेल्युलोजलाई चिनीमा परिणत गर्दछ । यो उनीहरुको शरीरमा मांसपेशी वृद्धि गर्न र दूध बनाउने स्रोत बन्छ ।

मानिस र अन्य जीवको शरीरमा भाइरसको संख्यालाई नियन्त्रण गर्न पनि भाइरसको ठूलो योगदान हुन्छ । अमेरिकाको चर्चित यलोस्टोन नेशनल पार्कको घासले भयंकर गर्मीलाई सहन सक्छ । यसमा पनि भाइरसको हात हुन्छ । यो कुरा रुसिंक र उनको टोलीले अध्ययनबाट पत्ता लगाएका हुन् । हेलापेनोको दानामा पाइने भाइरस उनीहरुलाई किराबाट भाइरस बचाउँछ ।

भाइरसले मानिसको सुरक्षा चर्क बनाउँछ

कयौँ भाइरसको संक्रमणले हामीलाई खास प्रकारको रोगाणुको बाट बचाउँछ । डेंगुका लागि जिम्मेवार भाइरसको आफन्त जीबी भाइरस सी यस्तै भाइरस हो । यसबाट संक्रमित व्यक्तिमा एड्सको बिरामी तीव्र गतिमा फैलिदैन । यदी यो भाइरस मानिसको शरीरमा रहेको छ भने उसको इबोला भाइरसबाट मर्ने आशंका कम हुन्छ ।

हर्पीज भाइरसले हामीलाई प्लेग र लिस्टेरिया नामको बिरामीबाट बचाउन सक्छ । सन् १९२० को दशकमा सोभियत संघमा यस दिशामा धेरै रिसर्च भएको थियो । अहिले फेरि धेरै वैज्ञानिकहरु फेरि भाइरसको थेरापीमा रिसर्च गरिरहेका छन् । जसरी ब्याक्टेरिया, एन्टी बायोटिकबाट इम्युन भइरहेका छन्, हामीलाई चाँडै एन्टी बायोटिकको विकल्प खोज्नुपर्ने हुन्छ । भाइरसले यो काम गर्न सक्छ । यो रोग फैलाउने ब्याक्टिेरिया वा क्यान्सरको कोशिकालाई खत्तम गर्न काम आउन सक्छ ।

कर्टिस सटल भन्छन्, ‘यी रोगहरुसँग लड्नका लागि हामीले भाइरसलाई सही तरिकाले प्रयोग गर्न सक्छौँ । यो कुनै गाइडेड मिसाइल जस्तै हो । जसलाई सिधै लक्ष्य अर्थात् नोक्सान गर्ने रोगाणुमाथि निशाना लगाउन सकिन्छ । यसरी ब्याक्टेरिया वा क्यान्सरको कोशिकाहरुलाई खत्तम गर्न सक्छौँ । भाइरसको माध्यमबाट तमाम रोगको उपचारको नयाँ पिढीको औषधी तयार गर्न सक्छौँ ।’

भाइरस लगातार बदलिरहेको हुन्छ त्यही भएर यससँग जेनेटिक जानकारीको खजाना हुन्छ । यो अन्य कोशिकामा पसेर आफ्नो जीनलाई कपी गरेर सिस्टममा कब्जा गर्न सक्छन् । यसरी भाइरसको जेनेटिक कोड जीवको कोशिकामा दर्ता हुन्छ ।

हालसम्म मानिसको आठ प्रतिशत जीन भाइरससँग मिलेको छ । सन् २०१८ मा वैज्ञानिहरुको दुई टोलीले पत्ता लगाएको थियो कि करोडौँ साल पुरानो भाइरसबाट मिलेको कोडले हाम्रो सम्झनालाई सम्हालेर राख्न ठूलो भूमिका निभाउँछ ।

यदी आज मानिसले अण्डाको साटो सिधै जन्म दिन्छ भने यो पनि भाइरसको कारणले नै हो । आजभन्दा करिब १३ करोड वर्ष अघि मानिसको पूर्खामा रेट्रोभाइरसको संक्रमण ठूलो मात्रामा फैलिएको थियो । त्यही संक्रमणबाट मानिसको कोशिकामा आएको एक जीनको कारणले नै मानिसमा अण्डा दिनुको साटो सिधै बच्चा जन्माउने क्षमताको विकास भएको हो ।

पृथ्वीमा भाइरसले विभिन्न भूमिका निभाउँछन् । यसबारे वैज्ञानिकहरुले भर्खरै मात्र अध्ययन सुरु गरेका छन् । यसबारे हामी जसरी थप जानकारी हासिल गर्छौं, हामी भाइरसको राम्रो उपयोग गर्न सक्नेछौँ । शायद यसबाट हामीलाई कयौँ बिरामीसँग लड्ने साधन मिल्नेछ । भाइरसबाट हामीले मानिसमात्र नभएर विश्वको भलाइ हुने मद्दत पनि पाउन सक्नेछौँ । त्यही भएर भाइरसलाई घृणा गर्नेभन्दा पनि यसबारे थप जानकारी हासिल गर्ने प्रयास लगातार गर्नुपर्छ ।

स्रोतः बीबीसी

from : ratopati

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।