सांकेतिक तस्विर

हेटौँडा । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा एकजना पुरुषको खोलामा डुबेको अवस्थामा शब फेला परेको छ । फेला परेको शब बागमती गाउँपालिका वडा नंबर १ बस्ने ५८ बर्षीय दावा छिरिङ लामको रहेको प्रहरीले जनाएको छ ।

रौतहट माइली छोरीको घरबाट बागमती गाउँपालिका वडा नंबर ३ स्थित जेठी छोरी घरमा आउने क्रममा गत १९ गते देखि बेपत्ता उनको आज मंगलबार बिहान ९ बजे सोही गाउँपालिका वडा नंबर ३ घट्टेडाँडा स्थित चिरुवाखोलको पानीमा डुबेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार घटनास्थलमा ईलाका प्रहरी कार्यालय फापरबारीको टोली पुगेर आवश्यक कानुनी प्रकिया पुरा गरि शव परिक्षणको लागि हेटौंडा ल्याईएको र घटनाको थप अनुसन्धान भईरहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।