हेटौँडा ।
पार्टी एकताको लागि दवाव अभियान मकवानपुरले आज नेकपा मकवानपुर मार्फत पार्टीको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप शसक्त बनाउनुपर्ने भन्दै अभियानले आज नेकपा मकवानपुरको कार्यलयमा पुगेर पार्टी सचिव प्रेमबहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनत्रपमा पार्टी नेतृत्वमा देखिएको मनमुटावले पार्टीको कार्यकर्तामा निरासा पैदा भएको उल्लेख गरिएको छ । पार्टी सिद्धान्त र सस्थागत ढंगबाट चल्नुपर्ने माग राख्दै अभियानले पुलामीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य किशोरकुमार टंडनले पार्टीको नेतृत्वमा देखिएको तिक्तताले आम युवा विद्यार्थीमा असर परेको भन्दै पार्टी एकढिक्का भएर जानुपर्ने बताए । नेकपाको नेतृत्वले युवा विद्यार्थीको मनोविज्ञान बुझेर पार्टीलाई एकढिक्का बढाउनुपर्ने उनको भनाई रहेको छ ।  ज्ञापनपत्र ग्रहण गरेपछि प्रतिक्रिया दिँदै सचिव पुलामीले युवा विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजानको लागि नेतृत्व गम्भिर बन्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तानले युवा विद्यार्थीको मागलाई केन्द्रीय कार्यलयसम्म लैजाने प्रतिबद्धता ब्यक्त गरिन् । ज्ञापनपत्र बुझाउनु अघि अभियानले पार्टी कार्यलय परिसरमा प्लेकार्ड सहित केहिबेर प्रर्दशन गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।