एजेन्सी । भारतले एक साताअघि टिकटकसहित  ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगायो । निकै लोकप्रिय मानिने एप्स टिकटकमा पनि भारतले प्रतिबन्ध लगाएपछि एक युवतीले आफ्नो ज्यान फालेकी छिन् ।

भारतमा टिकटक प्रतिबन्ध भएपछि सन्ध्या चौहान नाम गरेकी १८ वर्षीया युवतीले आफ्नो ज्यान फालेकी हुन् । टिकटक प्रतिबन्ध भएपछि सन्ध्यामा मानसिक समस्या भएको बताइएको छ । भारतिय मिडिया दैनिक भास्करका अनुसार दिल्ली युनिभर्सिटीमा अध्ययनरत उनको टिकटकमा राम्रो फ्यान फलोविङ रहेको जनाइएको छ ।

उनी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको भारतिय मिडियामा जनाइएको छ । उनी पछिल्लो दुई–तीन महिनादेखि मानसिक समस्यामा रहेको पनि पारिवारीक स्रोतले जनाएका छन् । उनको मृत्यु भएको स्थानमा कुनै पत्र नभएपछि उनी टिकटक प्रतिबन्ध भएदेखी नै मानसिक समस्यामा गएको बुझिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।