२३ असार । प्रदेश १ का तीन जिल्लासहित नेपालका ४ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश १ तीन र कर्णाली प्रदेशका १ जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन ।

प्रदेश १ को तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका हाे । प्रदेश १ को भोजपुरमा ६ जना, सोलुखुम्बुमा १ जना र तेह्रथुमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै डिस्चार्ज भइसकेका छन । नेपालका ७७ मध्ये मंगलबारबाट ४ जिल्ला कोरोना मुक्त बनेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।