चितवन:भरतपुर महानगरपालिका वडा नं १० मा रहेको मैयाँदेवी कन्या कलेज अगाडि बोराभित्र  एक शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बोराभित्र शव फेला परेको पुष्टि गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली शव भएको स्थान पुगिसकेको जानकारी दिएका छन् । उनका अनुसार,प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।बोराभित्र शव भएको हुनाले कसैले हत्या गरेर फालेको प्रहरीलेअनुमान गरेको छ ।

सौरहाअनलाईनबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।