नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता केहि बेर अघि सकिएको छ । करिव ३ घण्टा चलेको आजको छलफलमा स्थायी समितिको बैठक बोली बस्ने सहमति बनेको छ। स्रोतका अनुसार पटक–पटक स्थगित गरिँदै आएको स्थायी समितिको बैठक भोलि बस्ने सहमित दुई अध्यक्षबीच भएको छ।

नेकपाभित्रको आन्तरिक विवाद आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ ।

यस अघि दुई अध्यक्षबीच सोमबार पनि ‘वन टु वन’ वार्ता भएको थियो । उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो । नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।