दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म -दिल बेचारा को ट्रेलर सोमबार रिलिज भएको छ। २ मिनट ४५ सेकेन्डको यो ट्रेलरमा सम्पूर्ण रूपमा सुशान्त र अभिनेत्री सन्जना सांघी छाएका छन्।

फिल्ममा क्यान्सरसँग जुधिरहेकी सन्जनालाई खुसी बनाउन निकै कोशिस गरिरहेका देखिन्छन्। फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ। सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्म जन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टार्सु र यही नामको हलिउड फिल्ममा आधारित छ।

यो फिल्म पहिले २९ नोभेम्बरमा रिलिज हुने भनिएको थियो। तर मिति सर्दैसर्दै ८ मे २०२० मा हुने भएको थियो। यही बीच कोरोना महामारी फैलियो र सिनेमा हलहरू बन्द भए। त्यसैले यो फिल्म हलमा रिलिज हुनै पाएन।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।