स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको रियल मड्रीडले अपराजित यात्रा कायम राखेको छ ।

पछिल्ला ६ खेलमा अपराजित रहेको रियलले आइतबार एट्लेटिको बिलबाओलाई उसैको मैदानमा १-० ले हराउँदै लगातार सातौं जीत दर्ता गर्न सफल भएको हो ।

रियलको जीतमा एकमात्र गोल कप्तान सर्जियो रामोसले गरेका थिए । खेलको ७३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गरेको गोल नै खेलको निर्णायक गोल रह्यो ।

जीतसँगै रियलको ३४ खेलबाट ७७ अंक भएको छ र उसले एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनासँग ७ अंकको अग्रता कायम गरेको छ । पराजित बिल्बाओ भने ४८ अंकसहित आठौं स्थानमा यथावत् छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।