हेटौँडा । मकवानपुरमा कारको ठक्करबाट एकजना ब्यक्तिको ज्यान गएको छ । सोमबार राती ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ बिजौना सडकखण्डमा कारले ठक्करदिँदा पैदलयात्रुको ज्यान गएको हो । चितवनबाट हेटौँडातर्फ आइरहेको बा२१च ६६४२ नम्बरको कारले करिब ५० वर्षको पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको ठक्करबाट गम्भिर घाईते उनलको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा ज्यान गएको हो । मृतक पुरुष रहेको र उनको अहिलेसम्म परिचय नखुलेको प्रहरीको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।