२२ असार । गायक दुर्गेश थापाले तीज गीत सार्बजनिक गरेका छन । तीज नजिकिँदै गर्दा गायक दुर्गेश थापाले ‘ब‍िच्च बिच्चमा २’ सार्वजनिक गरेका हुन् । गत वर्षको तीजमा ‘हामी पनि नाच्न पर्छ बिच्च बिच्चमा’ लोकप्रिय बनेपछि दुर्गेशले दोस्रो पार्ट सार्वजनिक गरेका हुन् । ‘एउटा फोटो खिच्’ बोलको गीतलाई दुर्गेशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतमा दुर्गेशको आफ्नै स्वर र संगीत छ । शिव विकले निर्देशन गरेका छन । गीतको शब्द लेख्नलाई राम खत्री र राजन कार्कीले सघाएका छन् । गीतको भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेलीलगायतले अभिनय गरेका छन ।

अर्जुन तिवारी र टोलीको छायांकन रहेको गीतले महामारी र लकडाउनले जन–जीवनमा पारेको असरलाई समेटेको छ । संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदमहरू माथि व्यङ्ग्य गरेका छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।