२१ असार । गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले पराजित गरेको छ । सिरी ए उपाधि दाबेदार क्लबले घरेलु मैदानमा सहज जित हात पारेको हो । युभेन्ट्सलाई सानदार जित दिलाउन पाब्लो ड्याबला, जुयन कुवाड्राडो, क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

टोरिनोका कोफी डिजिजिले आत्मघाती गोल गरे । टोरिनोका लागि एकमात्र गोल एन्द्रीया बेलोटीले गरे । यो जितसँगै लिगको शिर्ष स्थानमा रहेको युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ । टोरिनोको ३१ अंक रहेको छ । टोरिनो लिगको १५ औ स्थानमा रहेको छ ।

लिगको दोस्रो स्थानमा रहेको लाजियो मिलानसँग ३० गोलले पराजित भएको छ । पराजित लाजियो उपाधि दौडमा विस्तारै पछि परेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।