
मकवानपुरको हेटौँडाबाट १ सय २८ किलो गाँजा सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा १५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १२८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
गाँजा सहित पक्राउ पर्नेमा ट्याङकर चालक जितपुर सिमरा २३ बस्ने २७ बर्षीय एमामुल हक देवान र ट्याङकरमा सवार सोहि २४ बर्षीय मोहरवान अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्