हेटौँडा । हेटौँडाका युवा व्यवसायी प्रल्हाद चौँलागाईको निधन भएको छ । लामो समयबाट उद्योग व्यवसाय क्षेत्रमा क्रियाशिल चौँलागाईको आज उपचारको क्रममा काठमाण्डौँमा निधन भएको हो ।
केहिदिनबाट उनी काठमाण्डौँको नर्भिक अस्पतालमा उपचाररत थिए । जन्डीसको समस्या रहेको कारण उपचार गरिरहेको पारिवारिक श्रोतको भनाई रहेको छ । उद्योग संघ मकवानपुरका पुर्व सदस्य समेत रहेका उनी हेटौँडा जेसिज सहित विभिन्न सघसस्था र राजनीतिक रुपमा तरुणदल हेटौँडा ८ का अध्यक्ष समेत थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।