हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका एकजना पुरुषमा कोरोना भाईरस संक्रमण भएको छ । मृगौलाको उपचारको लागि भरतपुर रहेका हेटौँडा १५ चुरियामाईका एकजना ३३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृगौलाका रोगी उनी भरतपुर अस्पतालमा डाईलासिसका लागि आईसियुमा भर्ना रहेको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिए । साउदी अरबबाट भर्खरै आएर होम क्वारेन्टाइनमा बसेका उनको हेटौडाको आईसोलेसन वार्डबाट लिईएको स्वाबको नतिजा भने नेगेटिभ आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।