सांकेतिक तस्विर

वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आन्दोलन थालेका छन् ।
वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कार्वाहीको माग गर्दै आन्दोलन थालेका छन् । श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दा स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ ।
रातको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।