हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २० पुगेको छ । शनिबार थप १८ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ५ सय २० पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज थप हुनेमा सिन्धुपाल्चोकका १२ जना र चितवनका ६ जना गरि १८ जना रहेका छन् । यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण ६ जनाको मृत्यु भईसकेको छ । यसैगरि प्रदेशमा २ सय संक्रमित उपचार पछि कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।