सांकेतिक तस्विर

नेपालमा थप २ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।  शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  थप २ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि हुनेमा रुपन्देही र गोरखाका रहेका छन्। प्रवक्ता गौतमका अनुसार कोरोनाबाट मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुष र गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुष रहेका छन् ।

कोरोनाबाट मृत्यु हुने रुपन्देहीका पुरुषको बिहीवार मृत्यु भएको हो। क्षयरोग लागेपछि १४ गते उनी त्रिविमा भर्ना भएका थिए। १७ गते मृत्यु भएका उनको १८ गते कोरोना पुष्टि भएको थियो ।

 त्यस्तै गोरखामा मृत्यु भएका पुरुष कतारबाट आएका थिए । असार १७ गते कतारबाट आएर  क्वारेन्टाइनमा बसेका उनको शनिवार बिहान मृत्यु भएको हो।यस्तै आज थप २३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।