file photo

 प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउनु पर्ने बताएका छन्।

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

पछिल्लो परिस्थितिबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठक साे धारणा राखेका हुन्।

पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।

उनले शनिबार साँझ गरेको सो बैठकमा पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।

‘समसामयिक परिस्थीतिका बारेमा मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउनका लागी प्रधानमन्त्रीज्यूले अहिले सांझ जारि बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।