काठमाडों – कैलालीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका-१० की ४८ वर्षीया महिला रहेकी छिन् । क्वारेन्टिनबाट घर फर्किएकी उनको शुक्रबार राति मृत्यु भएको जनाइएको छ ।

उनी १२/१५ दिनअघि क्वारेन्टिनबाट घर फर्किएकी थिइन्। उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । उनी प्यारालाइसिससम्बन्धी रोगबाट पिडित समेत रहेको बताइएको छ । उनको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि धनगढीस्थित प्रयोगशाला पठाइएको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।