file photo

काठमाडौं –  काठमाडौं उपत्यकाका ढलमा कोरोनाभाइरस फेला परेको छ । काठमाडो. उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोनाभाइरस फेला परेको एक अध्ययनले देखाएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययका लागि उपत्यकामा रहेका ४ ठाउँको ढलमा नमुना संकलन गरिएको थियो ।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालका अनुसन्धान प्रमुख समिरमणि दीक्षितका अनुसार उपत्यकाको ढलमा कोरोनाभाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको प्रमाण भएको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।