साङ्केतिक तस्वीर

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ की एकजना महिला चट्याङ लागेर गम्भिर घाईते भएकि छिन् । शुक्रबार साँझ परेको चट्याङको कारण हेटौँडा १३ बनस्पती बस्ने रिता धमला गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
धमलालाई उपचारको लागि हेटौँडामा रहको चुरेहिल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।