एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार अच्राफ हाकिमीलाई इन्टर मिलानले अनुबन्ध गरेको छ । लोनमा डर्टमुण्ड गएका हाकिमीलाई इन्टरले रियल मड्रिडबाट अनुबन्धन गरेको हो ।

मोरोक्कोका डिफेन्डर हाकिमीलाई इन्टरले ५ वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो । इन्टरले हाकिमीका लागि ३६ मिलियन पाउण्ड रकम खर्च गरेको छ ।

२१ वर्षीय डिफेन्डरले रियलबाट १७ खेल खेलेका थिए । त्यसपछि जर्मनी आएका उनले पछिल्लो दुई सिजन डर्टमुण्डबाट बुन्डेसलिगा खेले ।

उनले डर्टमुण्डबाट ७० खेल खेले । जसमा उनले जर्मन क्लबका लागि १२ गोलसमेत गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।