file photo

१९ असार । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन घटेर शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छ।

चाँदीअघिल्लो दिनको  तुलनामा १० रुपैयाँले घटेर प्रतितोला  ९ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।