एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले शेफिल्ड युनाइटेडसँग हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा टोटनह्याम शेफिल्डसँग ३–१ गोलले स्तब्ध भएको हो । शेफिल्डको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेन्डर बर्ज, लिज मौसेट र ओली एमसीबुर्नेले समान एक–एक गोल गरे । टोटनह्यामका लागि कप्तान ह्यारी केनले एक गोल फर्काए ।

खेलको ३१औं मिनेटमा बर्जले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ६९औं मिनेटमा मौसेटको गोलमा शेफिल्डले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

खेलको ८४औं मिनेटमा एमसीबुर्नेले गोल गर्दै घरेलु टोलीलाई ३–० गोलको अग्रता दिलाए । खेलको ९०औं मिनेटमा कप्तान केनले सान्त्वना गोल गरेका थिए । जितसँगै शेफिल्ड दसौं स्थानबाट सातौं स्थानमा उक्लिएको छ । उसले ४७ अंक बनाएको छ । यता, टोटनह्याम आठौं स्थानबाट नवौं स्थानमा झरेको छ । टोटनह्यामसँग ४५ अंक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।