१९ असार । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएसँगै विश्वका २१३ देशमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको हो ।

वल्डाेमिटरकाे तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ ।

कोरोना मुक्त हुनेको संख्या ६१ लाख ३४ हजार ७ सय ८४ जना कोरोना मुक्त भएका छन । ४३ लाख १५ हजार ८ सय ३१ जना उपचाररत छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।