कुवेतबाट काठमाडौं आएर अवतरण गर्ने क्रममा चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड भएको छ । जहाजमा हिजो बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

त्यस क्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालयले जनाएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाज छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।