एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबमै रहेको हेर्न चाहेको बताएका छन् । मेस्सी हाल क्लबसँग २०२१ बाट बार्सिलोनामा नरहने भन्ने चर्चा चलेको थियो ।

मेस्सी सन् २००४ देखि बार्सिलोनामा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले लामो समयसम्म क्लबमा रहेर बार्सिलोनाका लागि विभिन्न खाले उपाधि जिताइसकेका छन् । ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी पनि मेस्सी नै हुन् । मेस्सी ला लिगाका उत्कृष्ट खेलाडी पनि हुन् ।

“मेस्सी बार्सिलोनाका लागि महत्त्वपूर्ण खेलाडी हुन् भने ला लिगाका लागि पनि उत्कृष्ट खेलाडी हुन् । मेस्सी यदि ला लिगा क्लब छोडेर अर्को लिग खेल्न थाले भने स्पेनिस ला लिगाको पनि केही अस्तित्व घट्ने देखिन्छ । त्यसैले मेस्सी आफ्नो करियरको अन्त्य बार्सिलोनाबाट नै गरुन् भन्ने चाहन्छु,” जिदानले भने ।

रियल यो सिजन ला लिगाको उपाधि नजिक छ । बिहीबार राति भएको खेलमा गेटाफेलाई हराउँदै रियलले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।