हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागु औषध गाँजा ओसार पसारमा संलग्न मुद्दामा फरार रहेका झापाको मेची नगरपालिका –७ बस्ने ३८ बर्षीय दिपक ढुङ्गेललाइ पक्राउ गरेको हो ।

२०७६ माघ ११ मकवानपुर पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१० बाट लागु औषध गाँजा ओसार पसारमा संलग्न ढुङ्गेललाइ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिगएको टोलीले मनहरीबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा बसमा १० किलो ५६० ग्राम लागू औषध गाँजा बरामद गरेको थियो ।

उक्त गाँजा ओसार पसारमा संलग्न ढुङ्गेल फरार रहेका थिए । फरार रहेका उनलाई काकडभिट्टा बजारबाट पक्राउ गरेर ल्याई आवश्यक कारवाहिको लागी जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।