file photo

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एनफा) का पुर्व अध्यक्ष, पुर्व सांसद तथा राप्रपा मकवानपुरका पुर्व अध्यक्ष गणेश थापाले आउँदो स्थानीय तहको निर्वाचनमा मकवानपुरको कुनै स्थानीय तहबाट निर्वाचन लड्ने घोषँणा गरेका छन् ।  कम्तिमा पाँचवर्ष सक्रिय राजनीतिक जीवनमा रहने र समाजसेवा गर्ने भन्दै उनले स्थानीय चुनावमामा गाउँपालिका अध्यक्ष, नगर, उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने बताए ।
एक अनलाईनलाई दिएको अन्र्तबार्तामा बोल्दै थापाले मकवानपुरमा आफुले काम गरेको भन्दै उनले मकवानपुरको कुनै स्थानीय तहबाट चुनाव लड्ने संभावना रहेको बताए ।

आफु सभासद हुँदा मकवानपुरको विकासमा केहि योगदान दिएको भन्दै उनले समाजसेवाको लागि आफु स्थानीय तहमा निर्वाचन लड्ने इच्छा राखेको बताए । मकवानपुरको बकैया गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा निर्वाचन लड्नसक्के संभावना बारे उनले शंकेत समेत गरेका छन् ।

लामो समय फुटबल क्षेत्रमा रहेका थापाले गाउँ या नगरको अध्यक्ष, मेयर भएरपनि फुटबल सहित अन्य विकासको कामलाई अघि बढाउन सकिने भन्दै आफ्नो ध्यान स्थानीय तहको निर्वाचनमा रहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।