काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डको बार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अधयक्ष प्रचण्डसहितका नेताहरुबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

‘छलफल सौहार्दपूर्ण र खुलेर, भयोु, बैठकमा सहभागी स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।